नेक्सजेन म्यानेजमेन्टको एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने भएको छ। देश आर्थिक शिथिलताबाट गुज्रिरहेको र अधिकांश साना ठूला कम्पनी समस्यामा परिरहेका बेला कम्पनीले एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने भएको हो।

नेपालमा अहिले ३, २४, १८६ प्राइभेट लिमिटेड र २०५३ लिमिटेड कम्पनी दर्ता छन्। ठूलो संख्यामा कम्पनी सञ्चालनमा रहे पनि कम्पनी ऐनको व्यवस्थाबारे अधिकांशलार्इ जानकारी हुँदैन। यस्तै आवश्यक लेखा प्रणाली, व्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तीय संस्थाबाट लिने सेवा तथा सञ्चालक समिति र साधारणसभाबाट गर्नुपर्ने कामबारे जानकार हुँदैनन्।

यिनै समस्याका समाधानका लागि कम्पनीले एकद्वार प्रणालीबाट न्यूनतम शुल्कमा आवश्यक सेवा दिने गरी एकद्वार प्रणाली सेवा ल्याएको छ।

Source: https://www.capitalnepal.com/detail/50364

प्रकाशित मितिः २०८१/०४/०९